पर्सामा प्रहरीको गाडी दुर्घटना, इन्स्पेक्टरसहित दुई जना घाइते

पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् ।

उनीहरूको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव ढकालले जानकारी दिए ।

उनका अनुसार वीरगञ्ज–ठोरी सकडखण्डअन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना १ झ १२७२ नम्बरको प्रहरीको गाडीविपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *