बंगलादेशलाई सन् २०४१ सम्म ‘स्मार्ट देश’ बनाउने योजना सार्वजनिक

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बंगलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छन् । प्रधानमन्त्री हसिनाले बंगलादेशले आगामी सन् २०४१ सम्ममा बंगलादेशलाई एक विकसित बंगलादेश बनाउने बताइन् ।

सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भनिन्, ‘हामीले सन् २०४१ सम्ममा हाम्रो बंगलादेशलाई विकसित बनाउने छौँ र बंगलादेश स्मार्ट बंगलादेश हुनेछ,’ बंगलादेशको एक समाचार समिति यूएनबीलाई उद्धृत गर्दै चिनियाँ समाचार समितिले जनाएको छ ।

बंगलालेशको राजधानी ढाकामा सोमबार आयोजना गरिएको ‘डिजिटल बंगलादेश दिवस २०२२’ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन् । त्यस अवसरमा उनले स्मार्ट बंगलादेश निर्माणका लागि स्मार्ट नागरिक, स्मार्ट अर्थतन्त्र, स्मार्ट सरकार र स्मार्ट समाज पनि आवश्यक रहेकोमा जोड दिदै यी कार्यहरु सुरु गर्ने बताइन् ।

उनले हरेक नागरिकले कुनै न कुनै सिप सिक्नुपर्ने र दक्ष बन्नुपर्ने भन्दै यहाँका हरेक नागरिकले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिइन् । उनले सूचनामा आधारित समाजको निर्माणमा जोड दिँदै यहाँका अर्थतन्त्र पनि सूचना प्रविधिमा आधारित रहेर विकास गरिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *