नेपाल एसबीआई बैंकको सञ्चालक समिति अध्यक्षमा जयती बन्सल चयन

स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गरी आएकी जयती बन्सल नेपाल एसबीआई बैंकको सञ्चालक समिति अध्यक्षमा चुनिएकी छन्।

नेपाल एसबीआई बैंकको सञ्चालक समितिको सोमबार बसेको ४९३औं बैठकले उनलाई सर्वसम्मत सञ्चालक समिति अध्यक्षमा चयन गरेको हो।

बन्सल एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबीआईको विदेशी रणनीति, व्यवसाय प्रवर्द्धन, सञ्चालन प्रभावकारिता तथा विश्वभरिका विदेशी सहायक एवं संयुक्त लगानीका बैंकहरूको सञ्चालन लगायतका मामिला हेर्छिन्।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंककी नवनियुक्त सञ्चालक समिति अध्यक्ष बन्सललाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा मंगलबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराए।

शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा. गुणाकार भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल एसबीआई बैंकका संचालकहरू पिनाकीनाथ बनर्जी, अप्सरा उप्रेती, डा. गोपालप्रसाद भट्ट एवं बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, नायब सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, एसबीआई. भारतका उपमहाप्रबन्धक प्रिय रञ्जन, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा बैंकका कम्पनी सचिव श्रीधर अधिकारी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *