नेपाली सेनाका १३३ वरिष्ठ तथा कनिष्ठ अधिकृतहरुको सरुवा

नेपाली सेनाको सैनिक सचिव विभागले १ सय ३३ जना प्रमुख सेनानी, सेनानी र सहसेनानीहरुको सरुवा नियुक्ती गरेको छ ।

उनीहरुलाई शुक्रबारदेखि लागूहुनेगरि सरुवा नियुक्ती गरिएको सैनिक मुख्यालयले जनाएको छ ।

जंगी अड्डाले अधिकृत सरुवा तथा काज नियुक्ति निर्देशिका, २०७७ अनुसार उनीहरुको सरुवा नियुक्ती गरिएको जनाएको छ ।

यस्तै युनिटहरुमा न्यूनतम हुनैपर्ने संख्यालाई प्राथमिकतामा राखी सरुवा गरिएको हो ।

शिक्षण संस्थाहरुको आवश्यकता बमोजिम शिक्षक योग्य अधिकृतहरुलाई शिक्षण संस्थाहरुमा सरुवा गरिएको, विभागीय सिफारिसको आधारमा सरुवा गरिएको र शान्ति सेना तथा विदेश तालिममा छनौट भएका अधिकृतहरुको दरबन्दी मिलानको लागि सरुवा गरिएको र मानवीय आधारमा सरुवा गरिएको विभागको पत्रमा उल्लेख छ ।

हेराै‌ सरुवा सूची:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर