सेनाको सहकार्यमा सञ्चालित स्वास्थ्य शिविरमा झन्डै १५ सय जना लाभान्वित

नेपाली सेनाको सहकार्यमा  सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ४८२ जना लाभान्वित भएका छन्। मंसिर २८, २९ र पुस १ गते सञ्चालन भएको स्वास्थ्य शिविरमा उक्त संख्याका बिरामीले सेवा लिएका हुन्।

काठमाडौं महानगरपालिकाको २८औं महानगर दिवसको उपलक्ष्यमा शिविर आयोजना गरिएको हो। सैनिक मुख्यालय जंगी अड्डास्थित सैनिक केन्द्रीइ पुस्तकालय अगाडिको खेल मैदानमा शिविर सञ्चालन भएको थियो।

शिविरमा पुरुष ६८१, महिला ७३६ तथा बालबालिका ६५ गरी जम्मा १४८२ जनालाई जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाटी, छाला रोग, छाती सम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखा सम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स–रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्श, इकोकार्डियोग्राफी, ईसीजी तथा ब्लड सुगर जाँचलगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराई चिकित्सकहरूको सिफारिसअनुसार निःशुल्क औषधीसमेत वितरण गरिएको थियो।

उक्त स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि छाउनीस्थित रेन्द्र अस्पतालबाट आवश्यक औषधीसहित डाक्टर अधिकृत, फर्मासिस्ट, सैनिक उपचारिका तथा नर्सिङ अर्दली गरी११७ जना स्वास्थ्यकर्मी खटिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *