‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्न सुरु

ललितपुर महानगरपालिकाले आफ्नो १०४औं स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्न सुरु गरेको छ ।

सो स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् ।

महानगरभित्रको कला, साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको व्यक्तिलाई जनही एक लाख रुपैयाँ नगदसहित सो पुरस्कारबाट सम्मान गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले महानगरभित्र उत्कृष्ट करदाताको सम्मान संस्थागत रुपमा जेम्स स्कुल र व्यक्तिगत रूपमा टाँसी तेन्जिङलाई प्रदान गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर