विषाक्त मदिरा सेवनले विहारमा ३७ जनाको मृत्यु

विषाक्त मदिरा पानबाट पूर्वी भारतको विहार राज्यमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।  रक्सी प्रतिबन्धित क्षेत्रमा मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतका थुप्रै भागहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ ।

पछिल्लो दुःखद घटनाका पीडित परिवारले सोमबार विवाह र अन्य कार्यक्रममा विभिन्न गाउँका मानिसहरूले स्थानीय रूपमा बनेको ‘महुआ’ वा ‘देशी दारु’ नामले चिनिने टिप्पल पिउने गरेको बताएका छन्।

त्यसपछि धेरैले पेट दुख्ने र दृष्टि गुम्ने र वान्ता हुने गरेको बताएका छन् । बिहीबारसम्म २० भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको थियो र शनिबार झन्डै एक दर्जन गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन्।

गत ४८ घण्टामा दुई दर्जनभन्दा बढी मानिसले ज्यान गुमाएका प्रहरी अधिकारीले एएफपीलाई बताएका छन्। अहिलेसम्म ३७ जनाको ज्यान गएको छ। उनले ६२ जनाको मृत्यु भएको स्थानीय मिडिया सञ्चार माध्यमले बताए पनि पुष्टि भने हुन सकेको छैन।

प्रहरीले पछिल्लो तीन दिनमा अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न एक सयभन्दा बढीलाई पक्राउ गरेको छ भने ६ सय लिटरभन्दा बढी अवैध मदिरा बरामद गरेको छ।

स्थानीय अधिकारीहरूले कालोबजारी रोक्न ड्रोन, हेलिकप्टर र मोटरबोटको प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर