मालीमा दुई जना शान्ति सैनिक मारिए, चार घाइते

संयुक्त राष्ट्रसंघले शुक्रबार उत्तरी मालीमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु भएको र चार जना घाइते भएको जनाएको छ।

‘अज्ञात बन्दुकधारीहरूले टिम्बक्टु शहरमा संयुक्त राष्ट्रसंघको प्रहरी गस्तीमा गोली चलाएका छन्,’ मालीमा संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिशनले विज्ञप्तिमा भनेको छ।

प्रहरीले आक्रमणकारीहरूबाट केही सामग्री बरामद गरिएको पनि बताएको छ। मिशनका प्रमुख एल–घासिम वानेले घटनाको निन्दा गर्दैयस जघन्य कार्यबाट राष्ट्रसंघ स्तब्ध भएको टिप्पणी गरेका छन्।

उनले प्रतिकूल वातावरणको बाबजुद पनि संयुक्त राष्ट्रसंघको शान्ति मिशनले आफ्नो जनादेश पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्।

सन् २०१२ देखि, माली सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुपक्षीय सङ्कटमा फसेको छ। स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तरसाम्प्रदायिक हिंसाले पश्चिम अफ्रिकी राष्ट्रमा हजारौंको ज्यान लिएको छ भने हजारौं विस्थापित भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर