सेनाको अपरेशन महाहण्ट: इजाजतप्राप्त हातहतियार, ल्याण्डक्रुजर गाडी र बन्दोबस्तीसहित शिकारीहरु पक्राउ

नेपाली सेनाले वन्यजन्तुको अवैध चोरीशिकारी रोक्न संचालन गरिरहेको अपरेशन महाहण्ट अन्तरगत पर्सास्थित राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ सिद्धिबक्स गणको सुरक्षा वेश चारभैयाबाट खटिएको टोलीले इजाजतप्राप्त हातहतियार र बन्दोबस्तीसहित पाँचजना शिकारीलाई पक्राउ गरेको छ । उनीहरुलाई सोमबार पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचनाा निर्देशनालयले जनाएको छ ।

सिद्धिबक्स गणको सुरक्षा वेश चारभैयाबाट निकुञ्‍ज प्रशासनको कर्मचारी सहित खटिएको सेनाको टोलीले जमुनिया खोला नाका इलाकामा एम्बुस थापेर खोजतलासगर्दा शंकास्पद मानिस, हतियार, गाडी र अन्य सामाग्री बरामद गरेको हो। पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि बरामद गरिएको सामाग्रीहरु सहित पर्सा राष्ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाईएको निर्देशनालयले जनाएको छ ।                                                                                  निकुञ्जका अनुसार पक्राउ पर्नेमा अकवनियाका झापस दास थारु, नवराज बस्नेत, काभ्रे घर भइ अनवनिया बस्ने दामोदार अधिकारी, खजुरिया निवासी मालदोङ तामाङ र विकास सहनी पक्राउ परेका हुन् ।

सेनाले उनीहरुका साथबाट मृत जरायो, जरायोको टाउको, १२ बोर नाल, गोली, प्वाईन्ट २२ हतियारको नौ राउण्ड गोली, नाईट भिजन राईफल स्कोप केशसहित, हतियारको इजाजत पत्र, ल्याण्ड क्रुजर गाडी, बोलेरो गाडी, बैक तथा वितिय संस्थाको चेक, एटिएम लगायतका सामाग्री बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *