पार्टीलाई व्यवधानमुक्त राख्ने काममा लाग्छु : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने बताएका छन् ।

बुधबार बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई नेपाली कांग्रेस संसदीय दलको नेताका रूपमा विजयी गराएकोमा सांसदहरूलाई धन्यवाद ज्ञापनसमेत गरे । उनले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रूपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्नेछु ।’

नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्दा सभापति देउवा ६४ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *