राष्ट्रहितको मुद्दा पहिलो प्राथमिकतामा : सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहितको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएकी छन् ।

बिहीबार शपथग्रहणपश्चात् संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग बोल्दै सांसद गौतमले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्रहितको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताइन् । उनले आफूहरू कानून निर्माण गर्ने ठाउँमा आएकाले हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा संसद्मा आवाज उठाउने बताइन् ।

उनले भनिन्, ‘संसद्मा सोविता गौतम मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्रहितको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय भएर लागिरहने छ । यसरी नै संसद्मा देख्नुहुने छ । कानून निर्माण गर्ने ठाउँमा आएका छौं । हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा वकालत गर्नेछौं । संसद्ले बनाउने नीति नियमहरू नेपाली जनताको पक्षमा हुने किसिमले काम गर्नेछौं । सरकारमा जाने नजाने विषयमा पार्टीभित्र छलफल हुँदैछ । प्रश्न छिटो भए जस्तो लाग्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *