४ मुद्दामा विशेषले सफाइ दिएपछि सर्वोच्च गयो अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ वटा मुद्दामा सफाइ दिने विशेष अदालत, काठमाडौंको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

कसुर पुष्टि हुने पर्याप्त प्रमाण हुँदाहुँदै विशेष अदालतले सफाइ दिएको भन्दै अख्तियारले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये घुस/रिसवत, सार्वजनिक सम्पत्ति हानिनोक्सानी, राजस्व चुहावट र गैरकानूनी लाभ तथा हानि गरी ४ वटा मुद्दाहरूमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

हेर्नुहाेस् पुनरावेदन गरिएका मद्दाकाे विवरण :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर