भारतमा गाउँपञ्चायत उपप्रमुखको हत्यापछि भागेर नेपाल आएका व्यक्तिको बारामा गोली हानेर हत्या

बारामा गोली प्रहार गरेर भारतीय नागरिकको हत्या भएको छ। भारतको मोतिहारी छौडादानो पिपराका ४५ वर्षीय शिवपुजन यादवको गोली हानेर हत्या भएको हो।

शुक्रबार साँझ ५ बजे महागढीमाई नगरपालिका–२ भुतहा पुलनजिकै गोली प्रहार गरी उनको हत्या भएको हो।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनको छातीमा एक गोली हानिएको छ।

भुताहा पुलनजिकैको पसलमा चिया खाइरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले उनलाई गोली हानेको प्रहरी उपरीक्षक बोगटीले बताए।

छौडादानो गाउँपञ्चायतका उपप्रमुख रमेश यादवलाई गत अप्रिल २२ तारिखमा गोली हानी हत्या गरेर उनी फरार भएका थिए।

शिवपुजनविरूद्ध भारतमा सात वटा मुद्दा दर्ता रहेको बुझिएको र उनी हिजो मात्रै नेपाल छिरेको बोगटीले बताए । भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले छातीमा टाँसेर पेस्तोलबाट एक गोली हानेर भागेको उनले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको बोगटीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर