प्रचण्डको प्रधानमन्त्री हुने चाहना पूरा हुँदैन : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन् ।

फेरि एकपटक प्रधानमन्त्री हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको बताए ।

प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारिदिएको ओलीले बताए । उनले अरुले पनि समयमा कदम नचाले देश फेरीपनि मध्यावधि निर्वाचनतर्फ धकेलिने सम्भावना समेत औंल्याए ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत बताए । उनले एमालेलाई सिध्याउँछु भन्ने तत्त्वहरु आफैं समाप्त भएको जिकिर गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर