झापाबाट काठमाडौं ओर्लेर बालकोट लागे राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

झापाबाट काठमाडौं आइलगत्तै उनी ओली निवास बालकोट पुगेका हुन् ।

सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेसँगै अध्यक्ष लिङ्देन राजनीतिक छलफलका लागि झापाबाट त्रिभुवन विमानस्थल ओर्लेर सिधै बालकोट पुगेको राप्रपाका एक नेताले जानकारी दिए ।

आइतबार सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष सकियो । प्रधानमन्त्रीमा को अघि भन्ने विषय टुंगिन नसकेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले पहिला प्रधानमन्त्री पाउनुपर्ने दाबी छाडेनन् र उनी गठबन्धन बैठक छाडेर बाहिरिएका थिए । उनी एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट जाने भने पनि खुमलटारमै रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर