बढुवा भएका उपरथी र मानार्थ उपरथीले पाए दर्ज्यानी चिह्न

नेपाली सेनामा हालै विशेष बढुवा भएका र मानार्थकाे दर्जा पाएका दुई जना उपरथीले दर्ज्यानी चिह्न लगाएका छन्।

उपरथी कृष्णप्रसाद सापकोटा र मानार्थ उपरथी सुशीलकुमार भण्डारीले दर्ज्यानी चिह्न लगाएका हुन्।

उनीहरूलाई साेमबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यकक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को ३ पुसकाे बैठकले सापकोटलाई उपरथी दर्जामा विशेष बढुवा र भण्डारीलाई मानार्थ उपरथीको दर्जा प्रदान गरेकाे हाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *