जाँदाजाँदै जनार्दनले भने, ‘अर्थतन्त्र सुधारोन्मुख छ’

निर्वतमान अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सूचकहरुमा सुधार भएकाले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका हुन् ।

उनले पछिल्लो एक वर्षमा रुस–युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको भन्दै त्यसका सुधार हुँदै आएको बताए । उनले वाह्य कारणले नेपालको मुद्रास्फितिलाई समेत प्रभाव परेको बताए ।

उनले आयातमा प्रतिवन्ध, मार्जिन लगाइएको र निर्वाचनका कारण राजस्वमा भने उनले चाप रहेको बताए । उनले राजस्व कमी हुँदा चुनौति यथावत रहेको बताए ।

अर्थमन्त्री शर्माले वित्त र मौद्रिक नीतिबीच सन्तुलन चाहिने बताए । उनले ब्याजदर वृद्धि र मागमा आएको संकुचनले बजारमा देखिएको समस्या समाधान गरी चलायमान गरी ऋण प्रवाह आवश्यक रहेको बताए ।

उनले शोधनान्तर स्थिति २० अर्बले वचतमा रहेको जानकारी गराउँदै विप्रेषण आप्रवाहमा समेत सुधार भएको बताए । उनले विदेशी मुद्राको सञ्चितिमा समेत सुधार भएकाले बताए । उनले अर्थतन्त्रलाई ठूलाठूला परिघटनाबाट परेको प्रभावबाट बचाउँदै अगाडि बढाउन सफल भएको दाबी गरे ।

अर्थमन्त्री शर्माले अब सरकारको पुँजीगत खर्च बढ्ने बताए । उनले चुनाव लगायतका कारण पुँजीगत खर्च धेरै नभए पनि अब बढ्ने दाबी गरे । उनले १ खर्ब रुपैयाँ बराबरको विभिन्न परियोजनाहरुको टेन्डर भइसकेको बताए ।

मन्त्री शर्माले सरकारले ४ खर्ब बराबरको भुक्तानी गर्ने दायित्व बाँकी रहेको बताए । उनले भुक्तानी गर्ने दायित्व सबै प्रक्रिया शुरु भएकाले पनि पुँजीगत खर्च बढ्ने बताए । उनले चालु आर्थिक वर्षको ६ महिनामा कुल खर्च २५.२६ प्रतिशत जसमा चालु खर्च ३१.७४ प्रतिशत र पुँजीगत १०.१७ प्रतिशत भएको बताए ।

उनले आर्थिक ०७९/०८० को बजेटमा धेरै विषय अगाडि सारिएको बताउँदै नेपालको कृषि क्षेत्रको रुपान्तरणमा विशेष जोड दिइएको बताए । उनले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर बजेटमा सोहीअनुसार ध्यान दिएको दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर