कर्णाली प्रदेशका सांसदहरूले लिए शपथ

कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले शपथग्रहण गरेका छन् ।

प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले सोमबार सांसदहरूलाई शपथग्रहण गराएका हुन् ।

शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए ।

शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् । शाह सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवाहक सभामुख भएर अध्यक्षता ग्रहण गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *