पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्रको समस्या समाधानमा लाग्छु’

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गर्दै मन्त्री पौडेलले अर्थतन्त्र संकटको डिलमा रहेको र त्यसको समाधानमा आफू लाग्ने बताए।

उनले चालु खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने बताए।

अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने पनि निर्णय गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *