उपप्रधानमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण, भ्रष्टाचार गर्ने दिन सकिएकाे भनाइ

नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका छन् ।

सोमवार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्ट्राचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका हुन् । उनले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु भएको उल्लेख गरे ।

उनले जनताले कानूनसम्मत रहेका कुनै पनि कामलाई भनसुन नगरीकन र घुस नखुवाइकन गर्नसक्ने बनाउनुपर्ने आवश्यकता रहेको बताए । त्यस्तै जनताको अपेक्षाअनुरुप शिक्षा, स्वास्थ्य, रोजगारी खाद्यान्न, आवास, खानेपानी लगायतलाई उपलब्ध गराउनुपर्ने भएकाले सोहीअनुसार आफूले काम गर्ने बताए ।

मन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेहरुले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोच्न चेतावनी दिए । उनले भ्रष्टाचार गर्नेहरु र आफूअनुकूल ऐन, कानूनहरु बनाउनेहरुको दिन गएको बताए ।

मन्त्री श्रेष्ठले जनतालाई डेलिभरी दिने कुरालाई प्राथमिकतामा राखेर आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *