मोदीलाई धन्यवाद दिँदै प्रचण्डले भने, ‘दुई देशको सम्बन्ध सुदृढ गर्न नजिकबाट सहकार्य गर्छु’

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद व्यक्त गरेका छन्। प्रधानमन्त्री नियुक्त भएकोमा सामाजिक सञ्जाल ट्विरमार्फत मोदीले दिएको बधाईको जवाफ फर्काउँदै प्रचण्डले धन्यवाद व्यक्त गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच घनिष्ठ सांस्कृतिक र प्राकृतिक सम्बन्ध रहेको र द्विपक्षीय मित्रता सुदृढ गर्न आफू नजिकबाट मोदीसँग काम गर्न तयार रहेको पनि उल्लेख गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘धन्यवाद प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू तपाईंको न्यानो सन्देशका लागि। नेपाल र भारतबीच घनिष्ठ सांस्कृतिक सम्बन्ध र प्राकृतिक सम्बन्ध रहेको छ। म हाम्रो द्विपक्षीय मित्रता सुदृढ गर्न तपाईंसँग नजिकबाट काम गर्न तत्पर छु।’

 

भारतीय प्रधानमन्त्री मोदीले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन आइतबार ट्विटरमार्फत बधाई व्यक्त गरेका थिए। उनले पनि दुई देशबीचको सम्बन्ध मजबुत बनाउन सहकार्यका लागि तयार रहेको उल्लेख गरेका छन्।

मोदीले ट्विटरमा लेखेका छन्, ‘हार्दिक बधाई छ कमरेड प्रचण्ड ज्यू नेपालको प्रधानमन्त्रीमा बन्नुभएकोमा। भारत र नेपालबीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको न्यानो सम्बन्धमा आधारित छ। यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर