आरआर क्याम्पसमा विद्यार्थीहरूबीच खुकुरी हानाहान, दुई घाइते

काठमाडौंको प्रदशर्नीमार्गस्थित रत्न राज्यलक्ष्मी  क्याम्पसमा विद्यार्थीहरूबीच खुकुरी हानाहान भएको छ।

सो क्रममा दुई जना घाइते भएका छन्। घाइतेहरूको मोडल अस्पतालमा उपचार भइरहेको छ।

केहीलाई प्रहरीले पक्राउ गरेको छ।

स्ववियु निर्वाचनको विषयमा विवाद हुँदा खुकुरी हानाहान भएको भनिए पनि झगडाको आधिकारिक कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

सबै तस्बिरहरू : आदर्श अधिकारी/पर्दाफास

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर