गण्डकी प्रदेशका ज्येष्ठ सांसद बस्यालले लिए शपथ, अन्य सांसदको शपथ भोलि

गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको सरकारी निवासमा बुधबार आयोजित समारोहमा उनले शपथ लिएका हुन् ।

बस्याल पर्वतको प्रदेश सभा(ख) बाट नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनको जन्म विसं २०१४ भदौ ५ गते पर्वतमा भएको हो ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेश सभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । ज्येष्ठ सदस्य बस्यालले बिहीबार अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम छ ।

शपथग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्री, नवनिर्वाचित प्रदेश सभा सदस्य, सरकारी उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर