बाग्मतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, अस्पताल भर्ना

अस्वस्थ भएपछि बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्पताल भर्ना भएका छन् ।

कार्यक्रमका लागि रामेछाप जाने क्रममा उनी अस्वस्थ भएका थिए । मन्थली नगरपालिका–३ स्थित लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटनका लागि उनी रामेछाप पुगेका थिए ।

उनलाई हेलिकोप्टरमा काठमाडौंमा ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको हो । मुख्यमन्त्री जम्कट्टेललाई ‘प्रेसर लो’ र शरीरमा अक्सिजन लेभल कम देखिएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर