सुरक्षा पदाधिकारीले कूटनीतिक भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने

गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ ।

मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति लिएर मात्र गर्न गराउन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमनकाे व्यवस्था सम्बन्धित संगठन प्रमुखलाई मिलाउन निर्देशन दिएको छ ।

मन्त्रालयले सुरक्षा निकायका कतिपय पदाधिकारीले कर्तव्य पालनाको सिलसिलाबाहेक त्यस्ता विभिन्न भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सो निर्देशन जारी गरेको जनाएको छ । उक्त निर्देशनविपरीत कार्य गरे गराएको पाइएमा प्रचलित कानूनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *