प्रचण्डलाई चिनियाँ प्रधानमन्त्रीको सन्देश– ‘नेपाल सरकार र नेपाली जनतालाई पूर्ण समर्थन’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफ्नो पूर्ण साथ रहने बताएका छन् ।

नवगठित सरकारका प्रधानमन्त्रीलाई एक सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले वर्तमान सरकार पूर्ण रुपमा सफल होस् भन्ने कामना गरेका छन् । प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटका लागि पुगेका काठमाडौंस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ सिङले चिनियाँ प्रधानमन्त्रीको सन्देश उपलब्ध गराएका थिए ।

चिनियाँ प्रधानमन्त्रीले सन्देशमा भनको छन्, ‘तपाईँको नेतृत्वमा गठन भएको सरकारले नेपालको आर्थिक विकासका सम्बन्धमा गर्ने प्रयासमा चीनले साथ दिनेछ ।’

दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै बधाई सन्देशमा त्यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार नै भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *