पूर्वी सिरियामा ‘आतंककारी आक्रमण’मा १० जनाको मृत्यु

पूर्वी सिरियामा शुक्रबार ‘आतंककारी’हरूको एक समूहले तेल मजदुरहरूको एक समूहको गाडीमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ ।

घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी समाचार संस्था सानाले जनाएको छ ।

दैर अल–जौर प्रान्तको अल–तैयम तेल खानीमा कामदारले सिफ्ट परिवर्तन गरिरहेका बेला उक्त आक्रमण भएको सानाको रिपोर्टमा उल्लेख छ ।

आक्रमणकारीहरूले त्यस क्षेत्रको खराब मौसमको फाइदा उठाएका थिए ।

सिरियाको सरकारी समाचार संस्थाले पनि पूर्वी सिरियाका प्रमुख तेल र ग्यास खानीमा नियन्त्रण राखेको संयुक्त राज्य अमेरिकाले उक्त समूहलाई सहयोग गर्दै आएको उल्लेख गरिएको छ ।

सिरियाली सरकारले वाशिङ्टनविरुद्ध अरब देशबाट तेल चोरेको, अवैध रूपमा आफ्नो भूभाग कब्जा गरेको र आफ्नो सीमाभित्र भाडाका सैनिक तथा आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर