माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन्।

आइतबार बिहान संसदीय दलको कार्यालयमा बसेको बैठकले दलको नेतामा भट्टलाई छनोट गर्ने निर्णय भएको हो।

संसदीय दलकाे नेता चयन गर्ने विषयमा शनिबार दिउँसो माओवादी प्रदेश कमिटीको बैठक बसेकाे थियो। उक्त बैठक निष्कर्षविहीन भएको थियाे।

माओवादी केन्द्रका प्रदेश सभा सदस्य रमेशसिंह धामीले सर्वसम्मत रुपमा दलको नेता छनोट गर्ने म्यान्डेट प्रदेश समितिले दिए अनुसार सहमतिमै भट्ट चुनिएको बताए।

त्यसअघि कञ्चनपुर-२ बाट प्रदेश सभामा निर्वाचित ओमबिक्रम भाट सरल पनि संसदीय दलको नेतामा आकांक्षी रहेका थिए।
भट्टलाई पार्टीभित्रको वरियता क्रमका आधारमा दलको नेता छानिएको धामीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर