सरकार परिर्वतनसँगै परराष्ट्रनीति फेरिनु दुखद् : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अन्य मुलुकमा जुनसुकै पार्टीको सरकार बने पनि एउटै परराष्ट्रनीति भएको तर नेपालमा भने एउटै परराष्ट्रनीति हुन नसकेको बताए ।

उनले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्रनीतिहरू पनि परिवर्तन हुने गरेको भन्दै जुनसुकै सरकार आए पनि एउटै परराष्ट्रनीति हुनुपर्नेमा जोड दिए । अध्यक्ष तिमिल्सिनाले नेपालमा सहसचिव, सचिवहरू नै राजनीतिक दलहरूका मान्छे हुने गरेको र आफ्नो स्वार्थपूर्तिका लागि नीति, नियम बनाउँदा प्रणाली बिग्रिएको बताए ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पठाएका ५ वटा विधेयक अहिले शून्यमा पुगेको भन्दै दुःख व्यक्त गरे । उनले आगामी दिनमा मन्त्रिमण्डलको विस्तार भइसकेपछि सम्बन्धित मन्त्रालयसँग पहिलेका विधेयकहरूलाई नै अघि बढाउन आग्रह गर्ने बताए । उनले आफू अध्यक्ष भइसकेपछिको दोस्रो वर्षदेखिकै विधेयकहरू अहिलेसम्म प्रतिनिधि सभाबाट पास हुन नसकेको भन्दै संसद्ले लापरबाही गरेर अघि बढे संसद्प्रतिको विश्वास गुम्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले सबै पदाधिकारीहरूले निष्पक्ष भएर काम गरेको खण्डमा राजनीतिक नियुक्तिको दबाब कम हुँदै जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *