नवनियुक्त अर्थ र राजस्वसचिवले सम्हाले कार्यभार

अर्थसचिव तोयम राय र राजस्वसचिव डा. रामप्रसाद घिमिरेले शुक्रबारबाट अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवद्वय राय र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गरेका हुन् । साथै मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आएका अर्थसचिव कृष्णहरि पुष्कर र राजस्वसचिव रामेश्वर दंगाललाई पनि बिदाइ गरे ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयमा नयाँ जिम्मेवारीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रायलाई अर्थसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घिमिरेलाई राजस्वसचिवमा सरुवा गरेको थियो । सरकारले अर्थसचिव पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा र राजस्वसचिव दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *