शंकास्पद विदेशी रकम भित्र्याएको आरोपमा पृथ्वी शाहसहित ६ जना पक्राउ

अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम ल्याउन खोज्ने अछामका पृथ्वीबहादुर शाहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरिएको ब्यूरोका प्रमुख एआईजी उत्तम सुवेदीले जानकारी दिए।

शाहसहित पक्राउ पर्नेमा अछाम बन्निगढी गाउँपालिका–६ घर भई हाल काठमाडौंको चावहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिमनवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन्। विजयविक्रम पृथ्वी शाहका भाई हुन्। पक्राउ परेकाहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ।

शाहले अमेरिकाबाट ल्याउन लागेको शंकास्पद १२ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोकेर राखिदिएको थियो। उक्त रकम फुकुवा गरिदिन शाहले विभिन्न निकायमा धाएका थिए। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम फुकुवा गरिदिन राष्ट्र बैंकलाई पत्र पठाएपछि तीव्र आलोचना भएको थियो।

ब्यूरोका एपपी सञ्जयसिंह थापाका अनुसार दर्जनौं कम्पनी खोलेर शंकास्पद कारोबार गरेको, कारोबार गर्न अनुमति पनि नलिएको, विदेशीहरूलाई प्रलोभन देखाएर झुक्याएको, यसअघि पनि शंकास्पद कारोबार गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर