कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदैन, प्रतिपक्षमा बस्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताएका छन् ।

शनिबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसद्का दोस्रो, तेस्रोलगायत अन्य दलहरूले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन् ।

उनले आफ्नो व्यक्तिगत धारणा भए पनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताए । उनले अन्य दलहरू मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेको बेलामा कांग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे । उनले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताए । उनले गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रीय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुने पनि बताए ।

महामन्त्री थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पु¥याउन खोजेको बताए । उनले जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)का अध्यक्षहरूसँग पार्टी सभापति शेरबहादुर देउवाले गरेको भेट शीर्ष नेताहरूबीचको सामान्य भेटघाट रहेको स्पष्ट पारे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भन्ने कुरा निराधार रहेको पनि बताए ।

महामन्त्री थापाले केन्द्रीय समितिको बैठकबाट नीति अधिवेशनको मिति, ठाउँ तय हुने पनि बताए । उनले नीति अधिवेशन कसैलाई मागेको नभई आफ्नो गर्ने कामको बारेमा जानकारी गराएको बताए ।

केही समयअघि पार्टी महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनको माग गरेको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *