६ वर्षका विद्यार्थीले शिक्षिकालाई कक्षाकाेठामै गाेली हानेपछि …

अमेरिकाको भर्जिनिया राज्यमा एक जना ६ वर्षीय बालकले आफ्नी गुरुमालाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा एक ६ वर्षीय बालकले शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ ।

न्यूपोर्ट न्यूज शहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कुलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न भएकी छन् । उनको ज्यान जोखिममा रहेको बताइएको छ । त्यति सानो शिशुले कक्षाकोठामा बन्दुक कहाँबाट ल्यायो भन्नेबारे अनुसन्धान भइरहेकोछ । बालकलाई हिरासतमा राखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर