वर्तमान सरकारलाई माधव नेपालले दिए यस्तो सुझाव

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतीहरूको सम्बोधन हुनेगरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशको राजनीति आफ्नै हिसाबले अघि बढिरहेको भन्दै वर्तमान गठबन्धन कति दरिलो र कति टिकाउ छ भन्ने कुरा यसै भन्न नसकिने बताए । देशमा राजनीतिक स्थायित्व हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले पदमा को बस्छ भन्ने कुरा महत्त्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष नेपालले जनतामा राजनीतिप्रति नै नकारात्मकता र वितृष्णा पैदा भइरहेको बताए । उनले नागरिकमा एकअर्का राजनीतिक दलहरूप्रतिको विश्वास हराउँदै जानु दुःखद् भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर