प्रतिनिधि सभाको पहिलो बैठक सुरु

प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधि सभाको पहिलो बैठक बसेको हो ।

बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद् आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

राष्ट्रपति भण्डारीले पठाएको त्र पढेर सुनाउँदै उनले भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ साल पुस २५ गते सोमबारको दिन १३ः०० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’

त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे संसद्लाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ ।

नवनिर्वाचित प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ । सबै दलका संसदीय दलका नेताहरूले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

एमालेसहितका राजनीतिक दलहरूको समर्थनमा प्रतिनिधि सभामा तेस्रो ठूलो दलको रूपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । पुस ११ गते ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

प्रधानमन्त्री दाहालले भोलि मंगलबार संसद्मा विश्वासको मत लिनेछन् । प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रमुख प्रतिपक्षको रूपमा रहेको छ । प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा नेपाली कांग्रेसले दाबी गरेपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेलगायतका दलहरूसँग गठबन्धन गरी आफ्नो नेतृत्वमा सरकार गठन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर