शेयर बजारको उकालो यात्रा : ४६.७६ अंकले बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक ४६.७६ अंकले बढेर २२११.३८ बिन्दुमा पुगेको हो।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ८.६१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले बढेको छ।

सोमबार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से बढे पनि सोमबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। आइतबार करिब साढे ५ अर्बको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ। त्यस्तै विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ। बाँकी अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ।

सोमबार नेप्से बढेसँगै ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकांश जलविद्युत् कम्पनी रहेका छन्। तर, यता स्वाभिमान लघुवित्तको शेयर मूल्य भने ३.५७ प्रतिशत घटेको छ। आज रिडी पावर कम्पनीको २० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *