देउवालाई भेट्न धुम्बाराहीमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत लिनु अघिल्लो दिन प्रचण्ड ठूलो दल कांग्रेसका सभापतिलाई भेट्न पुगेका हुन् । स्रोतका अनुसार प्रचण्डले देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

देउवाले सोमबार साँझ नै पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । यद्यपि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेको छैन । त्यसका लागि मंगलबार बिहान संसदीय दलको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने सोमबार संघीय संसद् नयाँ बानेश्वरमा पत्रकारहरूसँगको कुराकानीमा आफूलाई सिंगै संसद्ले विश्वासको मत दिने आशा गरेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *