राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हिनताबोध गर्नुपर्दैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन्। मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताएका हुन्।

उनलृ सरकारले न्यूनतम साझा कार्यक्रममा सरकारले गरेका वाचा पूरा गर्नुपर्ने बताए। उनले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हिनताबोध गर्न नहुने बताए। उनले देशका गौरवाशाली इतिहासको सम्मान गर्ने कुरामा पछि फर्किन नहुने बताए। उनले पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभई देशको भएको बताए।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटीमण्डपमा बुधबार चियापान कार्यक्रम गर्ने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *