कांग्रेस सरकारमा च्याँखे थाप्ने काम गर्दैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेस सरकारमा च्याँखे थाप्ने नभई प्रतिपक्षमा बस्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

प्रतिपक्षमा रहेको दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भए पनि पार्टीको निर्णयपछि आफूहरूले विश्वासको मत दिएको उनले बताए। उनले कांग्रेस अझै पनि निरन्तर प्रतिपक्षमा रहने बताए।

सांसद पौडेलले कांग्रेसले प्रतिपक्षमा नै बसेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर