कांग्रेसले पनि विश्वासको मत दिँदा प्रतिबद्धता पूरा गर्न ऊर्जा मिलेको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनूभुति भएको प्रतिक्रिया दिएका छन्।

मंगलबार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

उनले ठूलो जिम्मेवारी र चुनौती थपिएको महसुस गरेको पनि बताए। उनले आफूलाई प्रमुख प्रतिपक्षी दललगायतले पनि विश्वासको मत दिनाले सरकारले गरेका प्रतिबद्धताहरू पूरा गर्न ऊर्जा प्राप्त भएको पनि बताए।

सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले आफूलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रूपमा चित्रण गर्न नहुने बताए।

उनले सरकारले गरेका प्रतिबद्धताअनुसार कामहरू अगाडि बढाउने पनि स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर