माघमा ब्याजदर घटाउँदै वाणिज्य बैंक

वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन्। बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले माघ महिनाका लागि १ दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो।

हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन्। रेमिट्यान्स मुद्दती खातामा १५ दशमलव ३३ प्रतिशतसम्म ब्याज रहेको छ। माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत ब्याज तोकेका छन्। रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन्।

बैंकर्स संघको अध्यक्षमा केसी
बैंकर्स संघको अध्यक्षमा सुनिल केसी चयन भएका छन्। बुधबार सम्पन्न विशेष साधारण सभामा एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत केसी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्।

यसअघि केसी संघको उपाध्यक्ष रहेका थिए। यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै संघको अध्यक्ष पद खाली भएको थियो।

प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि संघको अध्यक्ष पदसमेत स्वतः रिक्त रहने व्यवस्था रहेको छ। नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स संघको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत चयन भएका छन्।

यसैगरी संघको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका अजयविक्रम शाह, नेपाल एसबीआई बैंकका दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआईसी एशिया बैंकका रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकका सुदेश खालिङ र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर