उच्च अंकले घट्यो नेप्से, कारोबार रकम साढे ५ अर्बनजिक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ४१ दशमलव ०२ अंकले ओरालो लागेर २ हजार १ सय ४९ दशमलव ४१ मा सीमित भएको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव ८९ अंकले ओरालो लागेर ४ सय ११ दशमलव २५ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।

कारोबार भएकामध्ये २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ। यस्तै १८४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन। कुल १ करोड ४४ लाख ८२ हजार ९ सय ५९ कित्ता शेयर ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७ सय २४ रुपैयाँ मूल्यमा खरिद बिक्री भए। आजको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ३ अर्ब १५ करोड ६९ लाख ४७ हजार ७ सय २५ रुपैयाँ बराबर रहेको छ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको २२ करोड २० लाख १२ हजार १ सय ३१ रुपैयाँ राबरको कारोबार भयो। रिडी पावर कम्पनी १७ करोड ८३ लाख १० हजार ८ सय २२, ङादी पावर कम्पनी १६ करोड ९४ लाख २० हजार ६ सय ७०, अपि पावर कम्पनी१४ करोड ४ लाख ४५ हजार ८ सय र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी १२ करोड ८४ लाख ९९ हजार ९ सय २३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए। नेप्सेका अनुसार कुमारी धनवृद्धि योजना, सिंंगटी हाइड्रो इनर्जी र बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

त्यस्तै एनआईबीएल समृद्धि फण्ड दोस्रो ९ दशमलव ३० र मध्य भोटेकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले ७ दशमलव ६१ प्रतिशतले कमाएका छन्। त्यस्तै गुराँस लघुवित्त ९ दशमलव १८, कालिका पावर कम्पनी ८ दशमलव ४८, बलेफी हाइड्रोपावर ७ दशमलव ४४, स्वाभिमान लघुवित्त ७ दशमलव ३१ र खप्तड लघुवित्तको शेयर मूल्य ७ दशमलव ३० प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *