पुँजीबजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै प्रदर्शन

पुँजीबजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै सेयरधनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

पुँजीबजार संघर्ष समितिको आह्वानमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा पुँजीबजारमा स्वदेशी लगानीकर्ताको सुरक्षा गर्न सरकारसँग माग गर्दै प्रर्दशन गरिएको हो । पुँजीबजारमा खर्बौंको स्वदेशी लगानी डुबिराख्दा पनि सरकारले वास्ता नगरेकाले त्यसको बिरोधमा संघर्ष गर्नुपरेको नेपाल सेयरधनी संघकी महासचिव सुरक्षा खड्काले बताइन् । उनले स्वदेशी लगानीकर्ताहरु मारमा परेका बेला सरकारले नेपालमा लगानी सम्मेलन आयोजना गरेर हास्यास्पद काम गरेको जिकिर पनि गरिन् ।

‘स्वदेशी लगानीको संरक्षण गर, होइन भने स्टक मार्केट बन्द गर भन्ने नाराका साथ हामीले आजबाट शान्तिपूर्ण रुपमा आन्दोलन सुरु गरेका छौं । मोटरसाईकल ¥याली पनि आयोजना गर्नेछौँ । राष्ट्र बैंकको नीति, जुन ३ वर्ष अघि लिएको थियो । त्यसले धेरै लगानीकर्ताहरुको खर्बाै रकम डुबिसकेको अवस्था छ । अनि उसको त्यो खराब नीतिको कारणले जुन संकटको बेला लिएको नीति थियो । तर त्यो नीति तरलता सहज हुँदा पनि लिईराख्नु हामी लगानीकर्ताहरुलाई ठूलो मारमा पारिराख्नु हो । अनि, स्वदेशी लगानीकर्ताहरुलाई मारेर, स्वदेशी लगानीकर्ताहरुलाई रुवाएर विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न आउ भनेर जुन सम्मेलन गर्दैछ । त्यो चाहिँ एकदमै हाँस्यास्पद कुरा छ । त्यो जुन अहिले अर्थ मन्त्रालयले लगानी सम्मेलन गर्दै छ । स्वदेशी लगानीकर्ताहरु यहाँ रोइराखेका छन् । स्वदेशी लगानीकर्ताहरुको सुरक्षा छैन । स्वदेशी लगानीकर्ताहरु यहाँ लगानीको वातावरण नदेखेर विदेश पलायन भइराखेका छन । यो सरकारको नीति के हो ?’ उनले भनिन् ।

उनीहरुले पुँजी बजार सुधारका लागि आवश्यक नीति, नियम, प्रविधि, पूर्वाधारको तत्काल व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएका छन् । पूँजी बजारमा स्वदेशी लगानीकर्ताहरुको उद्धार गर्न सरकारलाई दबाब दिन सडक संघर्ष पुनः सुरु परेको अर्को सेयरधनी तिलक कोेइरालाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर