नेप्सेले शेयरधनीलाई प्रमाणपत्रको सट्टा डिम्याटमा शेयर दिने

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयरधनीहरूलाई शेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा शेयर दिने भएको छ।

नेप्सेले नेप्सेका शेयरधनीहरूलाई नेपाल सरकारले लगानी गरेका संस्थाहरूको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताएको हो।

शुक्रबार नेप्सेको ४१औं वार्षिक साधरण सभामा बोल्दै सहायक प्रबन्धक निरञ्जन फुयाँलले नेपाल सरकारले लगानी गरेका संस्थाहरूको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताए। उनले अर्थ मन्त्रालयको पत्रको आधारमा धितोपत्र बोर्डले नेप्सेमा सूचीकृतको लागि स्वीकृति दिए छिट्टै शेयरधनीलाई डिम्याटमा शेयर दिने बताउए। उनले नेप्सेको शेयरलाई सूचीकृत गर्ने प्रयास भइरहेको बताए।

त्यस्तै कार्यक्रममा बोल्दै नेप्सेका अध्यक्ष चक्रबहादुर बुढाले नेप्सेको बजारको कारोबार परिणाम, अर्थतन्त्रका पक्ष, सूचीकृत कम्पनीको आर्थिक अवस्था र लगानीकर्ताको मनोविज्ञानमा आधारित हुने भएकाले आयमा सुनिश्चितता ल्याउन चुनौती रहेको बताए। उनले लगानीकर्ताको बढ्दो संख्यालाई सेवा पुर्‍याउन अनलाइन कारोबार प्रणालीलाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने बताए।

उनले बढ्दो बजारमा मात्र लगानीकर्ताको आकर्षण बढ्ने र बजार घटेसँगै लगानीकर्ता अन्य क्षेत्रमा प्रवेश गर्ने भएकाले लगानीकर्तालाई बजारमा दिगो रूपमा कायम गरी बजारलाई सुदृढ बनाएर विस्तार गर्न चुनौती देखिएको बताए। उनले सरकारी तथा अन्य क्षेत्रले अवलम्बन गर्ने पुँजीबजारसँग सम्बन्धित नीतिहरूअनुकूल धितोपत्र बजारको व्यवस्थापन गर्न चुनौती रहेको बताए।

उनले बजारमा संस्थागत लगानीकर्ताहरूको संख्या बढाएर उनीहरूको सक्रिय सहभागिता बढाउनु आवश्यक रहेको बताए।

त्यस्तै नेप्सेको साधरण सभाले चुक्ता पुँजी १ अर्ब रुपैयाँमा नियमानुसार लाग्ने करसहित शतप्रतिशत नगद लाभांश (एक अर्ब रुपैयाँ) वितरण गर्ने भएको छ। नेप्सेले गत आर्थिक वर्षमा चुक्ता पुँजी ६० करोड रुपैयाँको शतप्रतिशत नगद नाभांश ६६.६७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *