मन्त्रीहरूलाई अनिवार्य नेपाली उत्पादन लगाउने व्यवस्था सुरु गर्नुपर्छ : राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एकपटक नेपाली उत्पादन प्रयोगको सुरुवात गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२औं वार्षिक साधारण सभामा बोल्दै उनले सरकारी कार्यालयमा कर्मचारीहरूले हप्ताको एकपटक नेपालमा उत्पादित पोसाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गरेका हुन्।

उनले मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरूले अनिवार्य रूपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे। उनले आगामी दिनमा सरकारले विज्ञान र प्रविधिको अधिक प्रयोग गरी घरेलु उद्योगहरूको प्रवर्द्धन गर्नुपर्ने बताए।

उनले आफू वाग्मती प्रदेशको मुख्यमन्त्री हुँदा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई ३ महिने आवासीय ट्रेनिङ दिने काम सुरु गरेको बताए। उनले आगामी दिनमा सरकारले ५ लाखलाई वार्षिक तालिम दिनेगरी काम अघि बढाए सीपयुक्त नेपालीको देश बन्ने बताए।

सांसद पाण्डेले प्रधानमन्त्री दाहाल देशकै बलियो प्रधानमन्त्री भएकाले राष्ट्रको सीप र कलाका लागि आवश्यक कामहरू पूरा गर्न आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर