विदेशी दबदबा रोक्नुअघि नेपाली चलचित्र सुधारौं : सचिव अर्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाली चलचित्रहरू किन चल्न सकेनन् भन्नेबारे गहन अध्ययन हुनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरूको वृहत् भेला तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले दर्शकका चाहना, रुचिलाई पूरा गर्न नेपाली फिल्महरू किन असक्षम भइरहेका छन् भन्ने ारेमा गम्भीर छलफल र समीक्षा गर्न चलचित्रकर्मीहरूलाई आग्रह गरे।

उनले चलचित्र प्रदर्शनी गर्दा पनि कसरी चलचित्र चलाउन सकिन्छ? कसरी दर्शकको मन जित्न सकिन्छ भन्ने कुराको विचार गर्न आवश्यक रहेको बताए।

उनले विदेशी फिल्महरूको दबदबा रोक्नुपर्छ भन्दै गर्दा दर्शकले रुचाउने र चाहने कुराहरूको परिपूर्ति गर्न नेपाली फिल्महरू किन असक्षम छन् भन्नेबारेमा चलचित्रकर्मीहरूले पहिलो ध्यान दिन आवश्यक रहेको बताए। उनले नेपाली चलचित्रलाई अघि बढाउन बजार विस्तारको आवश्यककता रहेको पनि बताए।

सचिव अर्यालले चलचित्र क्षेत्रका समस्या पहिचान गरेर मन्त्रालयमा समस्या लिएर आए मन्त्रालयले आवश्यक कामकारबाही अघि बढाउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर