वाग्मती प्रदेशको उपसभामुखमा तीन जनाको उम्मेदवारी

वाग्मती प्रदेश सभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनका लागि दलगत रूपमा तीन जना उम्मेदवारले शुक्रबार अपराह्न आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउनेमा तीनै जना महिला छन्। सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा छन्।

यसैगरी नेपाली कांग्रेसको तर्फबाट सुना परियारले उम्मेदवारी दिएकी छन्। उनको प्रस्तावकमा उत्तम जोशी र समर्थकमा याङकिला शेर्पा छन्। यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट गीता काफ्लेले उम्मेदवारी दिएकी छन्। उनको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईं र समर्थकमा सृजना सैंजू छन्।

प्रदेश सभाको उपसभामुखको निर्वाचन आगामी माघ २ गते अपराह्न ३ बजेको समय निर्धारण गरिएको निर्वाचन अधिकृत तथा प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

प्रदेश सभामा विभिन्न सात राजनीतिक दलका गरी ११० जना सदस्य छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *