कर्णालीको सभामुखमा एमालेकी नन्दा गुरुङ विजयी

कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छिन्।

प्रदेश सभा सभामुखको आइतबार भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन्।

 

गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३ र राप्रपा एक मत प्राप्त भएको छ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे। पोखरेलले कांग्रेसको १३ र नेकपा एकीकृत समाजवादीको एक मत प्राप्त गरे।

ज्येष्ठ सदस्य कांग्रेसका हिक्मतबहादुर विष्ट र एक जना स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले भने मतदान गरेनन्।

सत्तारूढ गठबन्धनको केन्द्रीय सहमतिअनुसार कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाइएको थियो। सोहीअनुसार एमालेले सुर्खेतकी गुरुङलाई सभामुखको उमेदवार बनाएको हो।

कर्णालीको दोस्रो सभामुख बनेकी गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *