उपप्रधानमन्त्री लिङ्देनकाे पहिलाे निर्णय : पाँच वर्षे रणनीतिक याेजना बनाएर काम गर्ने

नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन्। उपप्रधानमन्त्री पदको शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा मंगलबार दिउँसो पदभार ग्रहण गरेका हुन्।

त्यसक्रममा उनले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्यदल बनाउने पहिलो निर्णय पनि गरे। विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्यदल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त बताए।

नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतीपूर्ण रहे पनि त्यसलाई अवसरमा बदल्ने दृढतासमेत व्यक्त गरे। उनले सञ्चारकर्मीमाझ शुभकाम सुरु गर्नुअघि देवीदेवताको दर्शन गर्न जाने नेपालीहरूको चलन रहेकाले आफूहरू पनि पदभार ग्रहण गर्नुअघि पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको स्पष्ट पारे। उपप्रधानमन्त्री लिङ्देनसहित राप्रपाबाट मन्त्री भएका सबैले राष्ट्रपतिबाट शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *