महोत्तरीमा नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ पक्राउ

महोत्तरीमा नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ परेका छन्। बर्दिबास नगरपालिका वडा नं. ४ स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डदेखि चेरु माईस्थान जंगलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाई लुटपाट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन।

पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास–९ बस्ने २२ वर्षीय नीरज साह सोनार, वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २० वर्षीय सनम मगर, वडा नं. १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उपमहानगरपालिका–७ जिरोमाईल बस्ने १९ वर्षीय दीपक राउत छन्।
पीडितका अनुसार २८ माघमा उनीहरूले चेरुस्थित एकान्त जंगलमा पु¥याएर सीआईडीको बहानामा नगद, मोबाइल र क्यामेरा लुटपाट गरेका छन्। आफूलाई उनीहरूले हात–हातमा लट्ठी लिएर चारैतिरबाट घेरा हालेर लुटपाट गरेको पीडित महतोले बताए।

आफूसँग भएको डीएसएलआर क्यामेरा चोरी गरेको स्विकार्नुपर्ने नत्र बर्दिबास बजार क्षेत्रबाट चोरी भएका मोटरसाइकलको मुद्दासमेत लगाउने त्रास उनीहरूले आफूलाई देखाएको महतोले बताए।

चोरी भएका मोटरसाइकल विषयमा माथि खबर नगरी छाड्ने र त्यसको बदलामा २२ हजार ५ सय थप दिनुपर्ने उनीहरूले बताएपछि पैसा लिन घर पठाएको र फर्केर आउँदा उनीहरू फरार भएको पीडित महतोले प्रहरीलाई बयान दिएका छन्। उनीहरूले महतोको साथबाट मोबाइल ३ थान, क्यामेरा लेन्ससहित र ७५ हजार नगद लिएर फरार भएको प्रहरीलाई उजुरी दिएको प्रहरीले जनाएको छ।

उजुरीको आधारमा नै आरोपित ६ जनालाई बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए। आरोपित ६ जनालाई नै जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरी हिरासतमा नै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बर्सिबास नगर क्षेत्रमा चोरी, मोटरसाइकल चोरीजस्ता क्रियाकलापमा समेत सोही गिरोह हुन सक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर